एजेन्सी । बिहीबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अर्बपति एलोन मस्कबीच विवाद बढेको छ । एक समय ट्रम्पको नजिक रहेका मस्कले ट्रम्पलाई नै महाभियोग लगाउन माग गरे । यसका साथै उनले उपाध्यक्ष जेडी भान्सलाई राष्ट्रपति बनाउनुपर्ने बताए।
यसैबीच, ट्रम्पले मस्कका कम्पनीहरूलाई सरकारी ठेक्का र अनुदान समाप्त गर्ने धम्की समेत दिएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'हाम्रो बजेटबाट अर्बौं डलर बचत गर्ने सबैभन्दा सजिलो तरिका भनेको एलोनको सरकारी अनुदान र सम्झौताहरू समाप्त गर्नु हो। म सधैं सोच्थेँ कि बाइडेनले यो पहिले किन गरेनन्।
यसअघि मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ट्रम्पलाई कृतघ्न भन्दै धेरै ट्वीट गरेका थिए। उनले आफू नभएको भए ट्रम्पले चुनाव हार्नुपर्ने समेत बताएका थिए।
ट्रम्पले 'बिग ब्युटिफुल बिलु भनेर प्रचार गरिरहेको ट्रम्पको घरेलु नीति र कर विधेयकको मस्कले आलोचना गरेपछि सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको युद्ध सुरु भयो। मस्कले यो विधेयकलाई धेरै नराम्रो भने ।
यो विवादको बीचमा टेस्लाको सेयर मूल्य १४ प्रतिशतले झर्यो । यसले गर्दा मस्कको इलेक्ट्रिक गाडी कम्पनीको मूल्य एक ट्रिलियन डलरभन्दा तल झर्यो ।