Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएल भागदौड प्रकरण : आरसीबीका मार्केटिङ प्रमुखसहित तीनजना पक्राउ

आईपीएल भागदौड प्रकरण : आरसीबीका मार्केटिङ प्रमुखसहित तीनजना पक्राउ

शुक्रवार , जेठ २४, २०८२

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का मार्केटिङ प्रमुख निखिल सोसले पक्राउ परेका छन् । जुन ४ मा बेंगलुरुमा भएको भागदौड घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार निखिल मुम्बई भाग्ने प्रयासमा थिए र एयरपोर्ट पुग्नेबित्तिकै प्रहरीले उनलाई समातेको हो । अहिले निखिलसँग सोधपुछ भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

आरसीबीको जितपछि आयोजित विजय जुलुसअघि भएको भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो।

धेरै जना घाइते भएका थिए । निखिल बाहेक प्रहरीले थप तीन जनालाई पनि हिरासतमा लिएको छ र उनीहरूलाई पनि सोधपुछ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077