Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पको निर्णयमा अदालतको कैंची, हार्वर्डमा विदेशी विद्यार्थी भर्ना नरोक्न आदेश

ट्रम्पको निर्णयमा अदालतको कैंची, हार्वर्डमा विदेशी विद्यार्थी भर्ना नरोक्न आदेश

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । अमेरिकाको एक संघीय न्यायाधीश एलिसन बुरोले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना नदिने ट्रम्प प्रशासनको निर्णयमा अस्थायी रोक लगाएकी छन्।

म्यासाचुसेट्सकी न्यायाधीश बुरोले ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनले हार्वर्ड विश्वविद्यालयमाथि गम्भीर असर पर्ने तर्क गर्दै उनले भनिन्, ‘यदि यो प्रतिबन्ध लागू गरियो भने अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयमा तत्काल र गम्भीर असर पर्न सक्छ ।’

ट्रम्प प्रशासनको विदेशी विद्यार्थी भर्ना प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा बिहीबार हार्वर्डले अदालतमा मुद्दा दायर गरेको थियो ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो प्रतिबन्ध देशको सुरक्षाका लागि आवश्यक रहेको तर्क गरेका छन् ।

ट्रम्पले विश्वविद्यालय प्रशासनले क्याम्पसमा यहूदीविरोधी गतिविधिहरू रोक्न पर्याप्त प्रयास नगरेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077