एजेन्सी । युक्रेनको राजधानी किएभमा रुसले ठूलो संख्यामा ड्रोन र मिसाइल आक्रमण गरेको छ ।
आक्रमणका कारण कम्तिमा तीन जनाको ज्यान गएको छ भने ४९ जना घाइते भएका छन् । ज्यान गुमाउनेहरु युक्रेनको आपतकालीन सेवा विभागका कर्मचारी रहेका छन् ।
युक्रेनका अनुसार आक्रमणमा चार सयभन्दा धेरै ड्रोन र ४० भन्दा बढी मिसाइल प्रयोग गरिएको थियो ।
पछिल्लो पटक रुसले युक्रेनको राजधानी किएभसँगै देशका उत्तर–पश्चिममा पर्ने लुस्क सहर र टर्नोपिल क्षेत्रलाई पनि लक्षित गरेर आक्रमण गरेको हो ।
रुसको रक्षा मन्त्रालयले आक्रमणको जिम्मेवारी लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने चेतावनी समेत दिएका थिए ।