Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता

विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता

शनिवार , जेठ २५, २०८२

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) र भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहलीविरुद्ध पनि उजुरी दर्ता भएको छ ।

बेंगलोर भागदौड प्रकरणमा सामाजिक कार्यकर्ता एचएम वेंकटेशले कोहलीलाई दुर्घटनाको दोषी ठहराउँदै उजुरी दिएका हुन् ।

आरसीबीले मंगलबार पञ्जाब किंग्सलाई हराएर आइपिएल २०२५ को उपाधि जितेको थियो। यो फ्रान्चाइजीको लागि यो पहिलो आइपिएल उपाधि थियो, त्यसपछि बेंगलोरमा उत्सव मनाउने निर्णय गरिएको थियो।

वेंकटेशले आरसीबीको उपाधि जित्ने क्रममा भएको भागदौडको लागि कोहलीलाई जिम्मेवार ठहराएका छन्। बुधबार बैंगलोरमा आरसीबीको विजय उत्सव मनाइएको थियो ।

यसका लागि चिन्नास्वामी स्टेडियममा एक कार्यक्रम आयोजना गरिएको थियो तर ठूलो भीडका कारण स्टेडियम बाहिर भागदौड मच्चियो र ११ जनाको मृत्यु भयो भने ५० भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077