Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फ्रान्सका डेम्बेले र बार्कोलाले जर्मनीविरुद्धको खेल गुमाउने

फ्रान्सका डेम्बेले र बार्कोलाले जर्मनीविरुद्धको खेल गुमाउने

शनिवार , जेठ २५, २०८२

काठमाडौं । फ्रान्सका स्टार स्ट्राइकरद्वय उस्माने डेम्बेले र ब्राडली बार्कोलाले जर्मनीविरुद्धको खेल गुमाउने भएका छन् ।

फ्रान्स राष्ट्रिय टोलीले विज्ञप्तिमार्फत आगामी आइतबार जर्मनीविरुद्धको युइएफए नेसन्स लिगको तेस्रो स्थानको प्ले–अफ खेलमा डेम्बेले र बार्कोला अनुपस्थित हुने जनाएको छ ।

डेम्बेले मांसपेशीको चोट बोकेका छन् भने बार्कोलालाई घुँडाको चोट लागेको छ ।

नेसन्स लिगको सेमिफाइनलमा फ्रान्स स्पेनसँग ५–४ र जर्मनी पोर्चुगलसँग २–१ ले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077