Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

केदारनाथ उडान भरेको हेलिकप्टरको आपतकालीन अवतरण, सबै तीर्थयात्रीहरु सुरक्षित

केदारनाथ उडान भरेको हेलिकप्टरको आपतकालीन अवतरण, सबै तीर्थयात्रीहरु सुरक्षित

शनिवार , जेठ २५, २०८२

काठमाडौं । शनिबार भारतको बधासु (सिरसी)बाट केदारनाथ उडान भरेको हेलिकप्टर प्राविधिक कारणले सडकमा आपतकालीन अवतरण गरेको छ ।

हेलिकप्टर केदारनाथ यात्रामा थियो र सबै यात्रुहरू तीर्थयात्री भएको बताइएको छ। अवतरण लगत्तै सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।

हेलिकप्टरमा सवार सबै ५ यात्रु र पाइलट सुरक्षित रहेका छन्। हेलिकप्टरको पछाडिको भागमा क्षति पुगेको छ।

यस्तै हेलिकप्टरको ठक्करबाट राजमार्गमा पार्क गरिएको एउटा गाडीमा पनि क्षति पुगेको छ।

घटनाको खबर पाउने बित्तिकै उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले नागरिक उड्डयन महानिर्देशनालयलाई रिपोर्ट रिपोर्ट गरेको छ।

चार धाम यात्रा सुरु भएदेखि यो चौथो हेलिकप्टर दुर्घटना हो। यसअघि पनि केदारनाथ हेलिप्याड नजिकै हेलिकप्टरको आपतकालीन अवतरण भएको थियो।

जसमा एम्सका दुई डाक्टर र पाइलट जोगिएका थिए। प्रशासनले घटनाको गहन अनुसन्धान गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077