Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज स्कटल्यान्डसँग खेल्दै नेपाल, जितको लय कायम राख्ने लक्ष्य

आज स्कटल्यान्डसँग खेल्दै नेपाल, जितको लय कायम राख्ने लक्ष्य

आइतवार , जेठ २६, २०८२

काठमाडौं । स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेलमा स्कटल्यान्डको सामना गर्दैछ ।

सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे, डुन्डी स्कटल्यान्डको मैदानमा हुनेछ ।

गत बुधबार स्कटल्यान्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो भने सो अघिको पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेर नेपालले आफूलाई बलियो टिमको रूपमा प्रस्तुत गरेको थियो।

आज पुनः नेपाल स्कटल्यान्डसँग भिड्न लागेको हो। नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077