Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजामा इजरायली आक्रमणमा ७५ जनाको मृत्यु

गाजामा इजरायली आक्रमणमा ७५ जनाको मृत्यु

आइतवार , जेठ २६, २०८२

एजेन्सी । गाजा सिटीमा इजरायली आक्रमणका कारण कम्तीमा ७५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

गाजाको नागरिक सुरक्षा निकायका अनुसार एक आवासीय भवनमा गरिएको बम आक्रमणपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी रहेको छ ।

गाजाको साबरा क्षेत्रमा रहेको सो भवनमा शनिबार बिहान गरिएको आक्रमणबारे प्यालेस्टिनी नागरिक सुरक्षा प्रवक्ता महमूद बासेलले जानकारी दिए ।

उक्त बम आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ। उनका अनुसार करिब ८५ जना अझै भग्नावशेषमा फसेका छन् भन्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077