काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले विलिङ घोटाला प्रकरणमा चिनियाँ कम्पनी एशिया इन्फो, उक्त कम्पनीका डाइरेक्टर, म्यानेर र नेपाली एजेन्टसहित नेपाल टेलिकमका कर्मचारीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले पहाडी र पौडेलसहित १८ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
बिगोबमोजिम कैद र जरिवानासमेत मागदाबी गरिएको छ ।
अख्तियारले बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानिनोक्सानी गरेको देखिएकाले हानिनोक्सानी गरेबराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।
अख्तियारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत हालको प्रबन्ध निर्देशक संगीता पहाडी सहित तत्कालीन प्रमुख प्रावधिक अधिकृत प्रतिभा बैद्य, प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।
[insert page='350725' display='yopanipadhnuhos.php']
त्यसैगरी प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, तत्कालिन निमित्त निर्देशक अमुल प्रधान, तत्कालिन प्रवन्धक देवेन्द्र खतिवडा, तत्कालिन उपप्रवन्धकहरु राजीव कुमार केसी, सन्तोष कुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा राम प्रताप कर्ण, परमात्मा भट्टराईविरुद्ध पनि मुद्दा दायर गरेको हो ।
टेलिकममा सुनिल पौडेल प्रवन्ध निर्देशक छँदा पहाडीले विलिङ प्रणालीको ठेक्कामा नेगोसिएसन कमिटिमा बसेर चिनियाँ कम्पनी एशिया इन्फोलाई वार्षिक करोडौं रकम दिने निर्णय गराई हानी पुर्याएकी थिइन् ।
अख्तियारले चिनियाँ कम्पनी एशिया इन्फो, उक्त कम्पनीका डाइरेक्टर चिनियाँ नागरिक लङ योङ्ग, अप्रेसन/प्रोजेक्ट म्यानेजर ह्वाङ वी र एशिया इन्फोका नेपाली एजेन्ट शैलेश श्रेष्ठविरुद्ध मुद्दा दायर भएका छ ।
यस्तो छ अख्तियारको विज्ञप्ति