काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ।
डुनेडीमा पौने ४ देखि सुरु हुने खेलमा स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।
नेपालले यसअघि नेदरल्याण्ड्ससँग खेलेकै टोलीलाई निरन्तरता दिएको छ ।
गत बुधबार स्कटल्यान्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो भने सो अघिको पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेर नेपालले आफूलाई बलियो टिमको रूपमा प्रस्तुत गरेको थियो।
आज पुनः नेपाल स्कटल्यान्डसँग भिड्न लागेको हो। नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ।