काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत लगातार तेस्रो जितका लागि नेपालले ३२४ रनको लक्ष्य पाएको छ ।
स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२३ रन बनायो ।
घरेलु मैदानमा कप्तान रिची बेरिङटन र माइकल लिस्कले उत्कृष्ट ब्याटिङ गरे । छैटौं विकेटका लागि उनीहरूले १२५ रनको साझेदारी गरे ।
नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए भने ललित राजवंशीले १ विकेट लिए ।
यो समाचार तयार पार्दासम्म नेपालले ३० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएर खेलिरहेको छ ।
जारी प्रतियोगितामा नेपालले यसअघिको खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको जित निकालेको थियो । साथै नेपालले नेदरल्याण्ड्सलाई पाँच विकेटले हराएको थियो ।