Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

सोमवार , जेठ २७, २०८२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको तीन सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा तीन सय २१ रनमा अलआउट भयो ।

नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए । स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए । यस्तै सफियान शरीफ र माइकल लीस्कले समान दुई तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान एक विकेट लिए ।

त्यसअघि स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा छ विकेट गुमाएर तीन सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले एक सय दुई रन बनाए ।

यस्तै माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रन जोडे । नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए ।

यो जीतसँगै स्कटल्यान्ड १९ खेलमा २४ अङ्कसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । १५ खेलमा १० अङ्कसहित नेपाल सातौं स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077