Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यान्डले जित्यो टी–२० शृंखला

वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यान्डले जित्यो टी–२० शृंखला

सोमवार , जेठ २७, २०८२

काठमाडौं । दोश्रो टी–२० खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई हराउँदै एक खेल अगाबै श्रंखला जितेको छ ।

वेस्ट इन्डिजले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८ ओभर तीन बलमा छ विकेट गुमाएर भेट्टायो ।

इंग्ल्यिान्डका लागि जोस बटलरले ४७, कप्तान हेरि ब्रुकले ३४ तथा बेन डकेट र टम ब्यान्टनले अविजित ३० रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले दुई, अकेल होसेन, जेसन होल्डर, रोमारियो शेफर्ड र रोस्टन चेसले समान एक विकेट लिए ।

त्यसअघि ब्रिस्टोमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा छ विकेट गुमाएर एक सय ९६ रन बनायो । वेस्ट इन्डिजका कप्तान साई होपले ४९, जोनसन चार्ल्सले ४७ र रोभभ्यान पावेलले ३४ रन बनाए ।

इंग्ल्यिान्डका लुक वुडले दुई, ब्राइडन कार्स, याकूब बेथेल र आदिल रशीदले समान एक विकेट लिए । यसअघिको पहिलो खेलमा पनि इंग्ल्यिान्डले वेस्ट इन्डिजलाई २१ रनले हराएको थियो । टी–२० शृङ्खलाको तेश्रो तथा अन्तिम खेल भोलि साउथेम्प्टेनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077