Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पले अमेरिकामा आतंक र विभाजन निम्त्याउन खोजे : ह्यारीस

ट्रम्पले अमेरिकामा आतंक र विभाजन निम्त्याउन खोजे : ह्यारीस

सोमवार , जेठ २७, २०८२

एजेन्सी । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारीसले लस एन्जलसमा भएको विरोध प्रदर्शन रोक्न ट्रम्प प्रशासनको कारबाहीको आलोचना गरेकी छन्।

उनले भनेकी छिन्, ‘ट्रम्प प्रशासनको काम सार्वजनिक सुरक्षासँग जोडिएको छैन, बरु डर फैलाउने प्रयास हो।’

राष्ट्रिय गार्डको परिचालन अराजकता फैलाउने उद्देश्यले गरिएको खतरनाक कदम भएको भन्दै ह्यारीसले यो ट्रम्प प्रशासनको आतंक र विभाजन निम्त्याउने क्रूर र जानाजानी रणनीतिको हिस्सा भएको बताईन् ।

ह्यारीसले एक्समा पोस्ट गरेको विज्ञप्तिमा लेखेकी छन्।, ‘न्यायको लडाइँमा विरोध प्रदर्शन शक्तिशाली हतियार हो, जुन निकै महत्त्वपूर्ण छ ।’

सीबीएस न्यूजका अनुसार २०२४ को राष्ट्रपति चुनाव हारेपछि ह्यारीसले २०२६ मा क्यालिफोर्नियाको गभर्नर पदमा चुनाव लड्ने योजना बनाएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लस एन्जलसका विरोध प्रदर्शन दबाउन दुई हजार राष्ट्रिय गार्ड परिचालन गर्ने आदेश दिएका छन्। यी प्रदर्शनहरू अवैध आप्रवासीविरुद्धको छापा कारबाहीको विरोधमा भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077