Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्सलवादी विद्रोहीको आक्रमणमा भारतका वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

नक्सलवादी विद्रोहीको आक्रमणमा भारतका वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

सोमवार , जेठ २७, २०८२

एजेन्सी । भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विष्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

आक्रमणमा उनीसँगै रहेका अन्य केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

छत्तीसगढको राजधानी रायपुरबाट करिब ४११ किलोमिटर दक्षिणमा पर्ने सुकमा जिल्लाको डोन्द्रा गाउँको कोन्टा–एराबोर सडकमा विस्फोट भएको हो ।

घाइतेहरूलाई तुरुन्तै कोन्टाको सबैभन्दा नजिकको स्वास्थ्य केन्द्रमा लगिएको थियो। अधिकारीहरूले उक्त क्षेत्रमा थप फौज तैनाथ गरेका छन् र आक्रमणमा संलग्न रहेको आशंका गरिएका क्सलवादीहरूको खोजी कार्य सुरु गरेका छन्।

भारतको सङ्घीय सरकारले सन् २०२६ मार्च ३१ अगावै नक्सलवादीहरूको उन्मूलन गर्ने संकल्पसहित विद्रोहीविरूद्धको आक्रमणलाई सशक्त पारेको छ । हाल भारतको मध्य र पूर्वी क्षेत्रमा नक्सलवादीहरू सक्रिय छन् ।विद्रोहीको आक्रमण

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077