Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज नेदरल्यान्डसँग खेल्दै नेपाल

आज नेदरल्यान्डसँग खेल्दै नेपाल

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ ।

यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ। यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ।

पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077