काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक ब्याटर निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
विश्वकै उत्कृष्ट टी-२० ब्याटरमध्ये एक रहेका पूरनले २९ वर्षको उमेरमै संन्यास घोषणा गरेका हुन् ।
निकोलसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने आफ्नो निर्णयबारे नेतृत्वलाई आधिकारिक रूपमा जानकारी गराएका छन् ।
क्रिकेट वेस्ट इन्डिजले पूरनप्रति सम्मान व्यक्त गर्दै भनेको छ, ‘हामी उनका उपलब्धिहरूलाई सम्मान गर्छौं र उनले दर्शकहरूलाई दिएका रमाइला क्षणहरूका लागि धन्यवाद दिन्छौं । भविष्यका लागि शुभकामना ।’
पूरनले वेस्ट इन्डिजका लागि ६१ ओडीआई र १०६ टी-२०आई खेलेका छन् ।