काठमाडौं । एएफसी च्याम्पियनसीप अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले आज लाओससँग खेल्दैछ ।
नेपाल र लाओसबीचको खेल नेपाली समय अनुसार पौने ६ बजे न्यु लाहो स्टेडियममा सुरु हुनेछ ।
घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले बताए ।
साउदी अरबमा हुने च्याम्पियनसिपका लागि जारी छनोट अन्तर्गत समूह एफको पहिलो चरणको खेलमा नेपाली टोलीले अवे अन्तर्गत बुधबार लाओससँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघिका विभिन्न ६ वटा खेलमा नेपालले ४ वटामा जित र दुई वटामा बराबरी खेलेको छ ।