Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय शुक्लासहित चार यात्रु ११ जुनमा अन्तरिक्षमा जाने

भारतीय शुक्लासहित चार यात्रु ११ जुनमा अन्तरिक्षमा जाने

मंगलवार , जेठ २८, २०८२

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो)ले एक्सिओम–४ मिसनको प्रक्षेपणसँग सम्बन्धित नयाँ जानकारी दिएको छ ।

“मौसमी कारणहरूको आधारमा एक्सिओम–४ मिसनअन्तर्गत भारतीय अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पठाउने मिति १० जुन २०२५ बाट परिवर्तन गरी ११ जुन २०२५ गरिएको छ ।

यो मिसन अब ११ जुन २०२५, भारतीय समय अनुसार साँझ ५ः३० बजे प्रक्षेपण गरिन ईसरोले आफ्नो एक्स अकाउन्टमा जनाएको छ ।

यो मिसनको एक प्रमुख सदस्य भारतीय वायुसेनाका ग्रुप क्याप्टन शुभांशु शुक्ला पनि हुनेछन् । उनी सन् १९८४ मा राकेश शर्मापछि अन्तरिक्ष यात्रा गर्ने दोस्रो भारतीय हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077