Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेदरल्याण्ड्सविरुद्धको खेल अघि सोमपाल र गुल्शन घाइते, नेपाललाई ठूलो झट्का

नेदरल्याण्ड्सविरुद्धको खेल अघि सोमपाल र गुल्शन घाइते, नेपाललाई ठूलो झट्का

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी श्रृंखलाको अन्तिम खेलअघि नेपाललाई ठूलो झट्का लागेको छ ।

टीमका दुई भरपर्दा अलराउन्डर सोमपाल कामी र गुल्शना झा आजको म्याच खेल्न नसक्ने भएका छन् । नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेलका लागि प्रशिक्षणका क्रममा दुवैजना घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

क्यानका अनुसार उनीहरु आज प्लेइङ ११ मा नरहने भएका छन् । सोमपालले स्टटल्यान्ड विरुद्धको म्याचमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए ।

स्कटल्यान्डले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा डग्मगाएको नेपालको ब्याटिङलाई सम्हाल्दै उनले जित नजिक पुर्याएका थिए ।

आठौं नम्बरमा आएर ४४ बलमा ६७ रन हाने पनि सोमपालले खेल जिताउन भने सकेनन् ।

गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए ।

सोमपालको ठाउँमा नन्दन यादवले स्थान बनाउन सक्ने देखिन्छ । उनी सोमपालजस्तै फास्ट बलिङ अलराउन्डर हुन् ।

गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए ।

क्यानले सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको जानकारी दिएको छ।

स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ । यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुईमध्ये एक खेलमा विजयी भएको थियो ।

नेदरल्यान्ड्ससँगको खेलमा नेपाल विजयी भएको थियो । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्कसहित सातौँ स्थानमा छ । नेपालको नेदरल्यान्ड्सविरुद्ध नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे प्रतिस्पर्धा गर्ने छ ।

२२ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077