Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ ।

डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।

चोटका कारण बाँकी खेल गुमाएका सोमपाल कामी र गुल्शन झाको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा आएका छन् ।

ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् ।

नन्दनले नेपालका लागि डेब्यू गर्ने भएका छन् । यसअघि एकपटक टिममा परेपनि मौका पाएका थिएनन् ।

उनले केही समयअघि हङकङ टी२०आई शृंखलामार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।

नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077