Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल, कुशल भुर्तेल १८ रनमा आउट

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङमा नेपाल, कुशल भुर्तेल १८ रनमा आउट

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम म्याचमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गरिरहेको छ ।

श्रृंखलामा पहिलोपटक नेपाल पहिलो ब्याटिङमा उत्रिएको हो ।

नेपालले ४.४ ओभरमा २० रन बनाउँदा ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।

भान मिकेरेनको बलमा इनसाइड एज लागेर बोल्ड हुनुअघि भुर्तेलले १९ बलमा १८ रन बनाए । उनले दुई चौका प्रहार गरेका थिए ।

आज भुर्तेलको ओपनिङ जोडीका रुपमा आसिफ साह आएका छन् । उनले १० बल खेल्दासम्म रनको खाता खोल्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077