Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

अस्पताल निर्माणमा अनियमितता गरेको आरोपमा एमालेका प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

अस्पताल निर्माणमा अनियमितता गरेको आरोपमा एमालेका प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । अस्पताल निर्माणमा अनियमितता गरेको आरोपमा नेकपा (एमाले)का मधेश प्रदेशका सांसद दीपन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको आरोपमा ठाकुरविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो ।

आयोगले नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

ठाकुर धनुषाको क्षेत्र नम्बर ३‘ख’बाट निर्वाचित सांसद हुन्।

मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077