Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । आरिफ शेखको अर्धशतकमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३६ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले ८४ रन बनाए । उनले ८५ बलमा सात चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन जोडे । कुशल भुर्तेलले १८, दिपेन्द्रसिंह ऐरीले १६ रन जोडे ।

नेदरल्यान्ड्सका तर्फबाट बलिङमा पल भान मिकेरेनले ४, माइकल लेभितले ३ र आर्यन दत्तले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077