Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

नेपालबाट मानिस बाहेक अरु निर्यात गर्न सकेनौँ : सभापति देउवा

नेपालबाट मानिस बाहेक अरु निर्यात गर्न सकेनौँ : सभापति देउवा

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको टिप्पणी गरेका छन् ।

कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा यनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताए ।

‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई,’ देउवाले भने, ‘खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट। त्यस्तो अवस्था छ। अरु केही निर्यात गर्नै सकेका छैनौँ। आयातमा भर पर्नुपर्ने कुरा छ।’

उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने भन्दै उनले व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077