Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लाओससँग नेपाल पहिलोपटक हार्‍यो

लाओससँग नेपाल पहिलोपटक हार्‍यो

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली लाओससँग पराजित भएको छ ।

न्यु लाओस राष्ट्रिय रंगशालामा मंगलबार सम्पन्न खेलमा लाओसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपाल लाओसँग पहिलोपटक पराजित भएको हो ।

लाओसको जितमा दामोथ थोङखामसाभाथ र पिटर पान्थावोङले समान एक एक गोल गरे ।

खेलमा २–० गोलले पछि परेको नेपालले खेलको ७१औँ मिनेटमा एक गोल फर्कायो । नेपालका मनीष डाँगी पेनाल्टीमार्फत गोल गरे ।

नेपाल सम्मिलित समूहमा लाओस, मलेसिया र भियतनाम रहेका छन् । नेपालले अब आफ्नो तेस्रो खेल आगामी अक्टोबरमा भियतनामसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077