Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वेस्ट इन्डिजसँगको टी–२० सिरिज इंग्ल्यान्डद्धारा 'क्लिन स्वीप'

वेस्ट इन्डिजसँगको टी–२० सिरिज इंग्ल्यान्डद्धारा 'क्लिन स्वीप'

बुधवार , जेठ २९, २०८२

एजेन्सी । वेस्ट इन्डिजसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली इङ्ग्ल्यान्डको क्लिन स्वीप गरेको छ ।

गएराति भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई ३७ रनले हराउँदै इङ्ग्ल्यान्डले टी–२० शृङ्खला ३–० ले जितेको हो ।

इङ्ग्ल्यान्डले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका रोमभ्यान पावेलले सबैभन्दा धेरै नटआउट ७९ रन बनाए ।

इङ्ग्ल्यान्डका लुक वूडले ३ विकेट लिए । यसअघि साउथ्याम्पटनमा टस हारेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४८ रन बनायो ।

इङ्ग्ल्यान्डका बेन डकेटले ८४ रन बनाए । वेस्ट इन्डिजका एकेल होसेन, गुदाकेश मोटी र शेरफेन रथरफोर्डले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077