एजेन्सी । अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार तनाव कम गर्न सैद्धान्तिक सहमति गरेका छन् ।
चिनियाँ राज्य–संचालित प्रसारक सीजीटिएनका अनुसार चिनियाँ व्यापार वार्ताकार ली चेन्गगाङले बुधबार लन्डनमा दुई दिने वार्तापछि अमेरिका र चीनले व्यापार फ्रेमवर्कमा सहमति जनाएका हुन् ।
चिनियाँ व्यापार वार्ताकार ली चेन्गगाङलेले भने, “जुन ५ मा दुई राष्ट्रप्रमुखहरूबीच टेलिफोन वार्ता र गत महिना जेनेवा वार्तामा भएको सहमतिलाई कार्यान्वयन गर्ने ढाँचामा दुवैपक्षले सिद्धान्ततः सहमति जनाएका छन् ।”
अमेरिकी वाणिज्यमन्त्री हावार्ड लुटनिकले उक्त सम्झौताले दुर्लभ खनिज पदार्थ र चुम्बकहरूमा चीनले लगाएको प्रतिबन्ध समाधान हुने अपेक्षा गरिएको बताए ।