म्याग्दी । नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दीको भुरुङ तातोपानी पुगेका छन् ।
भुरुङ पुगेर प्रचण्डले तातोपानी कुण्डमा स्नानसमेत गरेका छन् ।
उनले स्थानीयवासीसँग अन्तर्क्रियासमेत गरेका थिए ।
आज बुधबार मुस्ताङमा पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रममा प्रचण्ड सहभागी हुनेछन् ।