Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद् ‘इगो’ साँध्ने थलो बनेकामा दुःख लागेको छ : बाबुराम भट्टराई

संसद् ‘इगो’ साँध्ने थलो बनेकामा दुःख लागेको छ : बाबुराम भट्टराई

बुधवार , जेठ २९, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले संसद्लाई अल्झाउने कार्यले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याइरहेको बताएका छन् ।

संसद् जनताका मुद्दाभन्दा राजनीतिक दलका नेता र दलहरूको इगो साँध्ने थलो जस्तो बनेकामा दुःख लागेको प्रतिक्रिया दिए ।  

‘विधेयकहरू पारित गर्नुपर्नेछ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू पनि छन्, अहिले बजेट अधिवेशन छ,’ उनले भने, ‘आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ । त्यतापट्टि ध्यान नदिई अल्झाउन लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याएको छ ।’

मुलुकमा भइरहेको संसदीय अभ्यास, वामपन्थी एकता, विप्रेषण, युवाहरू विदेश पलायनलगायतका विषयमा पूर्वप्रधानमन्त्री डा भट्टराईले कुरा गरेका छन्। 

केही दिनदेखि निरन्तर संसद् अवरोध भएकामा मलाई असाध्यै दुःख र चिन्ता लागेको छ । हामीले नेपालमा जे शासन प्रणाली अपनाएका छौँ, यो परम्परागत खालको ‘वेष्ट मेनेष्टेरियल’ संसदीय प्रणाली होइन, त्योभन्दा अगाडि बढेको समावेशी सहभागितमूलक लोकतन्त्र उन्मुख भएका संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको छौँ । त्यसको अभ्यासमा एकदमै कमजोरी भएको म देख्छु ।  

सत्तामा रहुन्जेल सबै ठीक छ भन्ने सत्ताबाट निस्केपछि केही पनि ठीक छैन भन्ने प्रवृत्तिले खाली एउटा औपचारिक लोकतन्त्रको मात्रै कुरा गर्छ । त्यसबाट वाक्कदिक्क भएर नै हामीले विद्रोह गरेर नेपालको लोकतन्त्रलाई अझ उन्नत बनाउनुपर्छ भनेर लडेका थियौँ ।  

नेपालको अहिलेको संसदीय अभ्यास पनि उही परम्परागत संसदीय अभ्यास जस्तै रुमलिने र महिनौँसम्म संसद्लाई अल्झाइराख्ने काम भएको छ । संसद् जनताका मुद्दाभन्दा नेताका र दलहरूको इगो साँध्ने थलो जस्तो बनेको छ । यसमा मलाई अत्यन्त दुःख लाग्छ । किनकी केही वर्षयताकै तथ्य हेर्दा महिनौँसम्म सामान्य विषयलाई लिएर सदन अवरुद्ध गर्ने र काम केही पनि नगर्ने भयो । विधेयकहरू पारित गर्नुपर्नेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू छन् । अहिले बजेट अधिवेशन छ । आर्थिक विषयमा गम्भीर चर्चा गर्नुपर्छ । त्यतापट्टि ध्यान नदिएर अल्झाउने जुन काम भइरहेको छ । त्यसले लोकतन्त्रलाई नै ठूलो नोक्सान पुर्‍याएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077