एजेन्सी । भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्लाको एक्सियम-४ मिसन फेरि स्थगित गरिएको छ।
'स्टैटिक फायर' परीक्षणपछि तरल अक्सिजन चुहावट पत्ता लागेपछि मिसन रोकिएको हो ।
चुहावट ठीक भएपछि मिसनलाई फेरि अनुमोदन गरिने इसरोले बताएको छ । साथै, स्पेसएक्सले चुहावट ठीक गरेपछि नयाँ प्रक्षेपण मिति घोषणा गर्ने बताएको छ ।
मिसनअन्तर्गत, भारतीय वायु सेनाका समूह क्याप्टेन शुभांशु शुक्लालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अर्थात् आइएसएसमा पठाउने तयारी छ।