Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थिति झनै तनावपूर्ण बनेपछि लस एन्जलसमा कर्फ्यू जारी

स्थिति झनै तनावपूर्ण बनेपछि लस एन्जलसमा कर्फ्यू जारी

बुधवार , जेठ २९, २०८२

एजेन्सी । आप्रवासनको आन्दोलन झनै चर्किएपछि अमेरिकाको लस एन्जलसमा कर्फ्यू जारी गरिएको छ । लस एन्जलसका मेयर करेन बासले स्थिति नियन्त्रणबाहिर जान नदिन कफ्र्यू आदेश जारी गरेका हुन् । 

एलए प्रहरी प्रमुख जिम म्याकडोनेलले बढ्दो अशान्ति, जिउधनको रक्षा र सम्पत्तिको सुरक्षा गर्न कफ्र्यू आवश्यक भएको बताएका छन् । यस्तै लस एन्जलसमा आप्रवासीमाथिको धरपकड विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयर रुष्ट बनेका छन् । मेयर कारेन बासले आफूहरूलाई थाहा नदिई यो किसिमको घटना भएकोमा आपत्ति जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077