Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रास्वपाको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

रास्वपाको पाँच बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक

बुधवार , जेठ २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूको बैठक बसेका हुन् ।

रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली कांग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो ।

रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन् ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक अवरोध गर्दै आएका छन् ।

सभामुखले पटकपटक दलहरुलाई छलफल गराए पनि निकास निस्किएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077