Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

आज–भोलि नै संसद अवरोध हट्छ : मन्त्री गुरुङ

आज–भोलि नै संसद अवरोध हट्छ : मन्त्री गुरुङ

बुधवार , जेठ २९, २०८२

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संसद्‌ अवरोध खुलाउन सत्तापक्षी र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेको बताएका छन् ।

आज मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले आज–भोलि नै संसद्‌को अवरोध खुल्ने जानकारी गराए ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘मन्त्रीले यी सबै उठिरहेका विषयबारे संसदमा आफ्नो धारणा राख्ने, सरकारको धारणा राख्ने अनि प्रतिपक्षीहरुले संसद खोलेर सहयोग गर्ने र बजेट सम्बन्धी छलफल प्रक्रियालाई अगाडि बढाउने कुरा हामीले गरिराख्या छौं । सम्भवतः आज या भोलिसम्ममा कुरा मिल्छ होला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077