Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

बुधवार , जेठ २९, २०८२

एजेन्सी । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् ।

घाइतेहरूमा बालबालिका पनि परेका छन् ।

युद्ध सुरु भएको तीन वर्ष बितिसक्दा पनि रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको छ ।

उसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ । खार्किभ सहर, जुन रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा छ, बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ।

खार्किभका नगर प्रमुख इगोर तेरेखोभले जानकारी गराउँदै भने, ‘यस रात दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ ।’

प्रान्तीय प्रमुख ओलेग सिनेगुबोभले तीन जनाको मृत्यु भएको पुष्टि गरे । घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।

स्थानीय बासिन्दा ओलेना खोरुजेभाले आफ्ना दुई सन्तानसहित झ्यालबाट टाढा भागेर भित्ताको छेउमा लुकिएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077