Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पबारे मेरा केही पोस्टप्रति पछुतो छ : एलोन मस्क

ट्रम्पबारे मेरा केही पोस्टप्रति पछुतो छ : एलोन मस्क

बुधवार , जेठ २९, २०८२

काठमाडौं । विश्वका धनी व्यक्तिहरूमध्ये एक एलोन मस्कले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे गरेका पोस्टमा पछुतो व्यक्त गरेका छन्।

मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘गत हप्ता राष्ट्रपति ट्रम्पको बारेमा मेरा केही पोस्टहरूप्रति मलाई पछुतो छ। त्यो अलि बढी भयो।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मस्कबीचको टकराव गत हप्तादेखि सुरु भएको थियो।

यो टकराव गत हप्ता बुधबार तीव्र भएको थियो भने बिहीबार दुई जनाबीचको टकराव उल्लेखनीय रूपमा बढेको थियो। त्यसपछि मस्कले ट्रम्पविरुद्ध आक्रमणको श्रृंखला सुरु गरेका थिए।

सोही समयमा ट्रम्पले संघीय सरकारसँग एलोन मस्कको ठुलो स्तरको व्यापारिक सम्झौतालाई धम्की दिएका थिए।

गत वर्ष अमेरिकी राष्ट्रपति चुनावमा मस्कले डोनाल्ड ट्रम्पलाई खुलेआम समर्थन गरे। राष्ट्रपति बनेपछि ट्रम्पले मस्कलाई सरकारी दक्षता विभागको प्रमुखमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077