Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकामा लस एन्जलससहित ११ सहरमा विरोध प्रदर्शन

अमेरिकामा लस एन्जलससहित ११ सहरमा विरोध प्रदर्शन

बुधवार , जेठ २९, २०८२

काठमाडौं । अमेरिकामा आप्रवासन छापा मार्ने विषयमा हिंसात्मक प्रदर्शन भएपछि थप १० अमेरिकी सहर र राज्यहरूमा विरोध प्रदर्शन सुरु भएको छ। योसँगै अमेरिकामा लस एन्जलससहित ११ सहरमा विरोध प्रदर्शन सुरु भएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लस एन्जलसमा स्थिति नियन्त्रण गर्न राष्ट्रिय गार्ड र अमेरिकी मरीन तैनाथ गर्ने आदेश दिएको छ। तर क्यालिफोर्नियाका गभर्नरले यस सम्बन्धमा मुद्दा दायर गरेका छन् ।

ल्याटिनो जनसंख्या बढी भएको क्षेत्रबाट अध्यागमन अधिकारीले छापा मारेर ठुलो संख्यामा अवैध आप्रवासीलाई पक्राउ गरेपछि विरोध प्रदर्शन सुरु भएको हो ।

अमेरिकाको दोस्रो ठुलो सहर लस एन्जलसका प्रभावित क्षेत्रहरूमा धेरै सवारी साधनहरूमा आगजनी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077