Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाद्वारा मध्यपूर्वका कूटनीतिक कर्मचारी फिर्ता

अमेरिकाद्वारा मध्यपूर्वका कूटनीतिक कर्मचारी फिर्ता

बिहिवार , जेठ ३०, २०८२

एजेन्सी । अमेरिकाले इराकको राजधानी बगदादमा तैनाथ अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई सुरक्षा जोखिम बढेको भन्दै फिर्ता बोलाउने निर्णय गरिएको छ ।

अमेरिकी सरकारले मध्यपूर्व क्षेत्रबाट अनावश्यक कर्मचारीहरू निकाल्ने निर्णय गरे पनि यसको कारण स्पष्ट भएका छैन ।

अमेरिकी रक्षा विभागका एक अधिकारीले यो कदम मध्यपूर्वमा विकसित हुँदै गरेको तनावको प्रतिक्रियामा गरिएको बताएका छन् ।

बुधबार एक अमेरिकी विदेश विभागका अधिकारीले बीबीसीलाई भनेका थिए, “हामी हाम्रा सबै दूतावासहरूमा उपयुक्त कर्मचारी तैनाथीको लगातार मूल्यांकन गरिरहेका छौँ । हाम्रो नयाँ विश्लेषणको आधारमा इराकमा हाम्रो मिसनको उपस्थिति घटाउने निर्णय गरेका छौँ ।”

यो कदम अमेरिका र इरानबीच हालै भएको हप्तौँको वार्तापछि आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियार विकास रोक्ने सम्झौतामा पुग्न आशा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077