Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इजरायली आक्रमणमा २५ जना प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा २५ जना प्यालेस्टिनीको मृत्यु

बिहिवार , जेठ ३०, २०८२

एजेन्सी । गाजाका अस्पतालहरूले राहत सामग्री प्राप्त गर्ने प्रयास गर्दा २५ जना प्यालेस्टिनीको मृत्यु भएको जनाएका छन्।

अस्पतालहरूले बुधबार राति इजरायली आक्रमणमा २५ जनाको मृत्यु भएको उल्लेख गरेका हुन्।

अस्पतालका अनुसार घटना इजरायली सैन्य क्षेत्र नेत्जारिम करिडोरमा भएको हो। एउटा काफिले अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (जीएचएफ)को खाद्य वितरण स्थलमा पीठो बोकेर गइरहेको समयमा घटना भएको बीबीसीले उल्लेख गरेको छ।

हमासको नागरिक रक्षा एजेन्सीले इजरायली सेनाले गोली चलाएको बताएको छ। ट्रकले मानिसहरूलाई कुल्चेको पनि रिपोर्ट आएको छ।

इजरायली सेनाले संदिग्धहरू नजिक आउँदा सैनिकहरूले चेतावनीस्वरूप गोली चलाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077