Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२४२ यात्रु बोकेको एअर इण्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना

२४२ यात्रु बोकेको एअर इण्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनामा परेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार लण्डन उड्न लागेको विमान अहमदाबाद विमान स्थलबाट उडान भरेको केही समयपछि मेघनीनगर नजिकै दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट मेघनीनगरको दूरी लगभग १५ किलोमिटर छ।

आकाशमा कालो धुवाँ उडेको देखिएको छ। उद्धार टोली घटनास्थलमा पुगेको छ।

विमानमा १२ चालक दलका सदस्य र २३० यात्रु सहित २४२ जना सवार थिए।

विमान दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077