Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एअर इण्डियाको विमान दुर्घटना : ५० जनाको शव निकालियो

एअर इण्डियाको विमान दुर्घटना : ५० जनाको शव निकालियो

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । २४२ जना यात्रु बोकेर लण्डणका लागि उडेको एअर इण्डियाको विमानको भग्नावशेषबाट ५० जनाको शव निकालिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गुजरातको अहमदाबादमा भएको एअर इन्डियाको विमान दुर्घटनामा उद्धारकर्मीहरूले आगलागी नियन्त्रणसँगै उद्धार कार्य जारी राखेका छन् ।

घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेका घाइते तथा अन्य यात्रुहरूको खोजीलाई तीव्र पारेका छन्।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए।

लन्डनका लागि उडान भरेको केही मिनेटमै विमान दुर्घटनामा परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077