Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एअर इण्डियाको विमान दुर्घटना : ५२ बेलायती नागरिक रहेको पुष्टि

एअर इण्डियाको विमान दुर्घटना : ५२ बेलायती नागरिक रहेको पुष्टि

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुको अनुसार एक जना क्यानडेली नागरिक, पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भएको छ ।

२४२ जना यात्रु बोकेर लण्डणका लागि उडेको एअर इण्डियाको विमानको भग्नावशेषबाट ५० जनाको शव निकालिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गुजरातको अहमदाबादमा भएको एअर इन्डियाको विमान दुर्घटनामा उद्धारकर्मीहरूले आगलागी नियन्त्रणसँगै उद्धार कार्य जारी राखेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077