काठमाडौं । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सन्जिव शर्माले एअर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको बताएका छन् ।
भारतको गुजरात राज्यको अहमदाबादमा विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा शर्माले भारतीय अधिकारीहरुसँग जानकारी लिएका थिए ।
भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको शर्मालाई जानकारी गराएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुको अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए ।
२४२ जना यात्रु बोकेर लण्डणका लागि उडेको एअर इण्डियाको विमानको भग्नावशेषबाट ५० जनाको शव निकालिएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।