Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री मोदीले भने– अत्यन्तै हृदयविदारक घटना हो, शब्दमा व्यक्त गर्न सकिँदैन्

विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री मोदीले भने– अत्यन्तै हृदयविदारक घटना हो, शब्दमा व्यक्त गर्न सकिँदैन्

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । भारतको अहमदावादमा भएको जहाज दुर्घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
आज लन्डनका लागि उडेको एयर इन्डियाको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री मोदीले यसलाई हृदयविदारक भनेका छन्।
प्रधानमन्त्री मोदीले फेसबुकमा लेखेका छन्–‘अहमदावादमा भएको त्रासदीले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ। यो अत्यन्तै हृदयविदारक घटना हो, जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । यस दुखद् घडीमा मेरो समवेदना छ।’

उनले आफू मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन्।

जहाजको भग्नावशेषबाट अहिलेसम्म ८० जनाको शव निकालिएको छ। एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ ले स्थानीय समयअनुसार दिउँसो १ः३८ बजे उडान भरेको थियो र त्यसको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।

गुजरात राज्यका पूर्वमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विजय रुपाणी पनि सवार रहेको र ५२ जना बेलायती नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासले दुर्घटनामा परेको विमानमा नेपाली नागरिक नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077