Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालले वेस्ट इन्डिजसँग टी-२० शृङ्खला खेल्ने

नेपालले वेस्ट इन्डिजसँग टी-२० शृङ्खला खेल्ने

बिहिवार , जेठ ३०, २०८२

काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृङ्खला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको आधिकारिक घोषणा गरेको हो।

क्यानको आयोजनामा हुने यो शृङ्खला संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस शृङ्खलालाई नेपाली क्रिकेट यात्राको एक ‘ऐतिहासिक कोसेढुङ्गा’ को रूपमा वर्णन गरिएको छ।

नेपालले पहिलो पटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग द्विपक्षीय टी-२० शृङ्खला खेल्न लागेको हो। यस अघि नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा नै खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077