एजेन्सी । लन्डन जाँदै गरेको एअर इन्डियाको विमान बिहीबार दिउँसो दुर्घटना हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको छ ।
विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए ।
विमान टेकअफ भएको केही मिनेटमै अहमदाबादस्थित मेडिकल कलेजको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको द हिन्दूले जनाएको छ ।
दुर्घटनामा धेरैको मृत्यु भएको आशंका गरिएको । अहमदाबाद प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म २०४ जनाको शव भेटिएको छ भने ४१ जना घाइतेलाई अस्पताल लगिएको छ ।