एजेन्सी । इजरायलले इरानविरुद्ध सैन्य कारबाही शुरू गरेको घोषणा गर्दै देशभर संकटकाल घोषणा गरेको छ ।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले एक वक्तव्य जारी गर्दै इरानबाट इजरायलमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको तत्काल सम्भावना रहेको दाबी गरेका हुन् ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा रातभर लगातार विस्फोटको आवाज सुनिएको छ । इजरायली सैन्य स्रोतका अनुसार प्रारम्भिक हमला मुख्यतः इरानको आणविक कार्यक्रम र लामो दूरीका क्षेप्यास्त्र क्षमतामाथि लक्षित थियो ।
इजरायली अधिकारीहरूले यो आक्रमणलाई ‘सटीक र समन्वित’ भन्दै वर्णन गरेका छन्। दर्जनौँ सैन्य र प्राविधिक संरचनाहरूलाई लक्षित गरी इरानका विभिन्न क्षेत्रहरूमा आक्रमण गरिएको जनाइएको छ।