Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एयर इन्डिया विमान दुर्घटना : होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु

एयर इन्डिया विमान दुर्घटना : होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको पनि मृत्यु भएको छ ।

योसँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा २९० पुगेको छ ।

अहमदावादबाट लन्डन जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो ।

एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न. १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएका छन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077