काठमाडौं । चलचित्र ‘भाइरल गोर्खे’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।
निगम श्रेष्ठको निर्देशमा बनेको चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख अभिनय रहेको छ । त्यस्तै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाले पनि अभिनय गरिरहेका छन् ।
द जीएमआई एकेडेमी र निर्वाणा फिल्म स्कुलको ब्यानरमा निर्माण गरिएको चलचित्रमा विशाल ताम्राकार, महेश लामिछाने र केवलजङ्ग कुँवर निर्माता रहेका छन् । भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताका रूपमा रहेका छन् ।
अमर महर्जनले चलचित्रको छायाङ्कन गरेका हुन् । चलचित्रमा सामाजिक सञ्जालको बढ्दो प्रयोग र त्यसले निम्त्याउने असरहरूलाई कथामा उठान गरिएको छ ।